आज पनि घट्यो सुनको भाउ
नेपालखोज
२०७८ भदौ १७ गते ११:४६

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन काे भाउ घटेको छ । छापावाल सुन आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले घटेर ९० हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९० हजार पाचँ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्यमा भने वृद्धि भएको छ । चाँदी आज तोलाको १२ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार भने एक हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया