सुनको भाउ सय रुपैयाँले बढ्याे
नेपालखोज
२०७८ भदौ १८ गते ११:३२

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको भाउ एक सय रुपैयाँले बढेकाे छ ।
छापावाल सुन आज एक सय रुपैयाँले बढ्दै प्रतितोला ९० हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक सय रुपैयाँले बढेर ९० हजार चार सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलाको ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया