कैलालीमा दुर्घटनामा तीन जनाको मृत्युु

कैलाली । कैलालीको राजीपुुरमामा विङ्गर र अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्युु भएको छ ।
शुुक्रबार (हिजो) साँझ पूर्वपश्चिम राजमार्ग अन्तरत कैलालीको गौरीगंगा नगरपालिका ४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युुु हुनेमा अटोमा सवार घोडाघोडी नगरपालिका(९ का २४ वर्षीय युुवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरीको मृत्युुु भएको जानकारी दिए ।
पाँच जना घाइते भएको सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक वामदेव गौतमले बताए ।
तीनै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको ट्राफिक प्रहरी उपरीक्षक गौतमले बताए ।
घाइतेहरुकोधनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घोडाघोडी नगरपालिका(९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी(अटो चालक) २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिका(१० दैजीका २५ वर्षीय धने रावल (विङ्गरका सहचालक) घाइते भएका हुन् ।
विङ्गरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया