आज नेपाल र भारतबीचको दोस्रो खेल हुँदै
नेपालखोज
२०७८ भदौ २० गते ८:०८

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज (आइतबार) भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र भारतबीचको खेल साझँ ५ः३० बजे सुरु हुनेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । बिहीबार भएको नेपाल र भारतबीचको पहिलो खेल १(१ गोलको बराबरीमा सकिएको थियो ।
नेपालको यस खेल भारतसँगको २१ औं खेल हुनेछ । हालसम्म भारतले १३ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ।
नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो।साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुने तालिका रहेको छ।
सम्बन्धित
प्रतिक्रिया