तनहुँमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु
नेपालखोज
२०७८ भदौ २० गते १०:३२

तनहुँ। तनहुँमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका २३ वर्षीय सुदीप कपाली रहेका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका–१, स्याउली, चिसापानीमा गए राति करिब साढे १० बजे ग१त ३१ १६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।
दुर्घटनामा सहचालक ३५ वर्षीय मादप विकसामान्य घाइते भएका छन् ।
उनलाई उपचारका लागि डुम्रे पठाइएको थियो । उपचारकै क्रममा कपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय डुम्रेले जानाएको छ ।
सम्बन्धित
प्रतिक्रिया