बिहीबार, जेठ २, २०८२

सुन चाँदीकाे मूल्यमा वृद्धि

नेपालखोज २०७८ भदौ २० गते ११:०७

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको भाउ ६ सय रुपैयाँले बढेको छ ।

छापावाल सुन आज ६ सय रुपैयाँले बढ्दै प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलाको ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुन ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि बढेकाे छ । चाँदी आज तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया