बिहीबार, जेठ २, २०८२

राष्ट्र बैंकले भोलि ६ अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्दै

नेपालखोज २०७८ भदौ २० गते १७:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (सोमबार) ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भदौ २२ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको चार अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि दुबै ट्रेजरी पुरानो नविकरण अन्तरगतका हुन् । सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ मंसिर २१ गते तोकिएको छ भने तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ साल भदौ २१ तोकिएको छ । यस अघि यही भदौ १५ गते पनि राष्ट्र बैंकले तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।

प्रतिक्रिया