एकै परिवारका ६ जनाको हत्या
नेपालखोज
२०७८ भदौ २१ गते १२:२९

काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
मादी नगरपालिका १ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए ।
६ जनाको हत्या भएको बिहान गाउँलेले देखेर प्रहरीलाई खबर गरेका थिए । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव थियो । अहिले अनुसन्धान जारी रहेको नगरप्रमुख लिंथेपले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया