बिहीबार, जेठ २, २०८२

संखुवासभामा सामूहिक हत्या : प्रहरीले थाल्यो अनुसन्धान

नेपालखोज २०७८ भदौ २२ गते ११:०३

काठमाडौं । संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको सामूहिक हत्याको घटनामा प्रदेश १ प्रहरी कार्यालय विराटनगरस्थित ‘रिजनल इन्भेस्टिकेसन’ टिमले अनुसन्धान अघि बढाउने बताइएको छ ।

अहिले संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा विराटनगर र धरानबाट गएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीले सवै शव पोस्टमार्टमका लागि पठाउँदै छ ।

प्रदेश १ का डीआईजी अरूण बीसीका अनुसार घटनास्थल दुर्गम भेगमा भएकाले प्रहरीलाई पुग्न समय लागेको हाे । तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले घटनास्थल पुगेपछि गहन अनुसन्धान गर्ने बिसीको भनाई छ ।

हिजो (साेमबार) बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको शव फेला परेको थियो । ९३ वर्षीय वृद्ध बाहेक घरमा रहेका सबैको हत्या गरिएको थियो ।

प्रतिक्रिया