बिहीबार, जेठ २, २०८२

चितवनमा बसको ठक्करबाट एकको मृत्यु

नेपालखोज २०७८ भदौ २३ गते ९:५७

काठमाडाैं । चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ, अन्य एक जना एकजना घाइते छन् ।

वीरगन्जबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १५८२ नम्बरको बसले पैदल हिडिरहेका दुई जनालाई ठक्कर दिएको हो । भरतपुर महानगरपालिका–१० मा लमजुङको बेसीसहर नगरपालिका–६ का २२ वर्षीय विनोद अधिकारीको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा गए राति साढे १ बजे भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाइएकाे छ ।
घाइते हुनेमा २० वर्षीय महादेव भण्डारी रहेका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया