बिहीबार, जेठ २, २०८२

सुनकाे मूल्य सामान्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ भदौ २५ गते १०:५८

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज एक सय रूपैयाँले बढेर प्रतितोला ९० हजार सात सय रूपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक सय रूपैयाँले बढेर ९० हजार दुई सय कायम भएको छ । हिजो तेजाबी सुन ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज पाँच रूपैयाँले बढेकाे छ । चाँदी आज तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया