बिहीबार, जेठ २, २०८२

घट्याे सुनचाँदीकै मुल्य, आजकाे भाउ कति ?

नेपालखोज २०७८ भदौ २७ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज चार सय रूपैयाँले घटेर प्रतितोला ९० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि चार सय रूपैयाँले घटेर ८९ हजार आठ सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज २० रूपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया