बिहीबार, जेठ २, २०८२

नक्कली नोट सहित पाँच जना पक्राउ

नेपालखोज २०७८ भदौ २७ गते ११:५१

काठमाडौं । बारा र रौतहटबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । नक्कली नेपाली नोटको कारोबार गरेको आरोपमा उनीहरुलाई प्रकाउ गरेको प्रहरीले बताएको छ ।

भारतमा नोट बनाउने र नेपालमा कारोबार गर्ने काममा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट नेपाली एक हजार दरका नक्कली र सक्कली नोट गरी झण्डै ९३ लाख रुपैयाँ बरामद भएको र यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कलैया बारामा राखिएको छ । बाराको निजगढबाट चार जना र रौतहटको चन्द्रनिगाहपुरबाट एक जना पक्राउ परेकाे बताइएकाे छ ।

प्रतिक्रिया