नवलपुर दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो
नेपालखोज
२०७८ भदौ २९ गते ११:०७

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक ठोक्किँदा मृत्यु भएकाहरुको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा बर्दिया बाँसगढी नगरपालिका ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारीका ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २४ जना घाइते भएकामा तीनजना सिकिस्त छन् । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख. ११२३ नम्बरको यात्रुवाहक बस र ना.६ख ७१२६ नम्बरको ट्रक नवलपुरको गैंडाकोट १० मा रहेको स्मृति पुलनजिक आज बिहान ठोक्किएको थियो ।
सम्बन्धित
प्रतिक्रिया