बिहीबार, जेठ २, २०८२

प्रहरीलाई अभद्र व्यवहार गर्ने भक्तपुरबाट पक्राउ

नेपालखोज २०७८ भदौ २९ गते १३:३३

काठमाडौं । सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं पेप्शीकोला बस्ने ४२ वर्षीय सोमनाथ अधिकारीलाई गय राति प्रहरीले पक्राउ गरेको छ ।

जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.९ च २७६३ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरी समेतको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई प्रकाउ गरेको हो । मादक पदार्थ सेवन जाँच गर्न खोज्दा विवाद गरी १ थान ब्रेथलाईजर फुटाउनुको साथै प्रहरीलाई अभद्र व्यवहार गरेपछि कार चालक सोमनाथलाई पक्राउ गरेको बताइएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया