बिहीबार, जेठ २, २०८२

नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दै

नेपालखोज २०७८ असोज १ गते ९:१७

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज (शुक्रबार) अमेरिकासँग दोस्रो खेल खेल्दैछ ।

नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा अपराह्न४ १५ बजे सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमै नेपालले अमेरिकालाई ५ विकेटले हराएकाे थियो । त्यसयता नेपाल ओमानसँग पाँच विकेटले पराजित भएकाे थियाे । बिहीबार (हिजो) को पछिल्लो खेलमा ओमानले अमेरिकालाई ४ विकेटले हराएको थियो ।

सिरिजमा दुई खेल हारिसकेको अमेरिकाविरुद्ध नेपाल लगातार जित हात पार्ने लक्ष्यमा छ ।

प्रतिक्रिया