निगमले भुक्तानी ग¥यो जहाजको किस्ता
नेपालखोज
२०७६ माघ १७ गते १८:४९
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिद गर्दा लिएको ऋणको पुस मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता रकम भुक्तानी गरेको छ ।
निगमले वाइडबडी र न्यारोबडी जहाजको किस्ताबापतको रु एक अर्ब एक करोड ४१ लाख ३९३ भुक्तानी गरेको शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ । निगमले दुई वाइडबडी जहाजको किस्ता रकमबापत रु ६६ करोड ५५ लाख ९९ हजार ७७० र न्यारोबडीको रु ३४ करोड ८५ लाख ६४ हजार ६२३ रकम भुक्तानी गरेको हो ।
निगमले जहाज खरिद गर्दा लिएको ऋणको हरेक तीन÷तीन महिनामा किस्ता भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ । निगमले दुई वाइडबडी जहाज डेढ वर्षअघि भित्र्याइएको थियो । निगमले दुवै कोषबाट रु २४ अर्ब ऋण लिएको थियो । अघिल्लो पटक न्यारोबडी जहाज खरिद गर्दा पनि निगमले रु २० अर्ब ऋण लिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया