नेपाल ओमानसँग खेल्दै
नेपालखोज
२०७८ असोज ३ गते १०:१०

काठमाडौं । ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपालको यो अन्तिम खेल हो ।
यसअघि तीन खेल खेलेको नेपालले एक खेल जित्दा दुई खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा अमेरिकालाई पराजित गरेको नेपाल त्यसपछि ओमानसँग र अमेरिकासँग पराजित भएको हो ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ले सिरिजको अन्तिम खेल जित्दै टुरको सुखद अन्त्य गर्ने बताए । उनले ओमानविरुद्धको खेल जित्नुको विकल्प नरहेको बताए । ज्ञानेन्द्रले अन्तिम खेल जित्नकै लागि खेल्ने बताए ।
नेपाल र ओमान बीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
मंगलबार भएको यसअघिको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया