सशस्त्रमाथि आक्रमण गर्ने पक्राउ
नेपालखोज
२०७८ असोज ५ गते १३:०९

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् ।
नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार (हिजाे) साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको बताइएकाे छ ।
गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए । घाइते बीओपी दोधाराचाँदनीमा कार्यरत सुदीप सुनारसहितका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया