आईपीएल : मुम्बईको लगातार दोस्रो हार
नेपालखोज
२०७८ असोज ८ गते ६:५७

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) खेलमा मुम्बईले लगातार दोस्रो हार व्यहोरेको छ ।
गएराती भएको खेलमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित ग¥यो । यसअघि मुम्बई चेन्नाइसँग हारेको थियो ।
जितसँगै कोलकात्ताले ९ खेलमा ८ अंक जोडेको छ । कोलकत्ता चौंथो स्थानमा उक्लिएको छ । छैटौं स्थानको मुम्बईले ९ खेलमा ८ अंक जोडेको छ ।
विहीबार राती आबुधाबीमा साविक विजेता मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकात्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
कोलकात्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले। नितिश राना ५ रनमा अविजित रहे। भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।
सम्बन्धित
प्रतिक्रिया