घट्याे सुनकाे मूल्य, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ असोज ८ गते ११:२६

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन भाउ घटेको छ भने, चाँदीकाे भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ६ सय रूपैयाँले घटेर ८९ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन ८९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलाको ५ रुपैयाँले बढेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया