नेपाली टेबलटेनिस टोली कतार जाँदै
नेपालखोज
२०७८ असोज ८ गते १२:४०

काठमाडौं । नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ ।
२५ औंं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडी, एक प्रशिक्षक र एक जना अफिसियलसहित ८ जनाको टोली दोहा प्रस्थान गर्न लागेको हो ।
आज राती साढे १० बजे टोली दोहा प्रस्थान गर्न लागको हो । नेपाली खेलाडीहरु दुई दिन दोहामा क्वारेन्टीनमा बस्नुपर्नेछ ।
सेप्टेम्बर २७ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषतर्फ स्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् ।
महिलातर्फ एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा भिड्नेछन् । नेपाली खेलाडीले विभिन्न सात स्पर्धामा सहभागिता जनाउने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया