ईपीएल क्रिकेट : पहिलो खेलमा काठमाडौं र विराटनगर भिड्ने
नेपालखोज
२०७८ असोज ११ गते ७:२१

काठमाडौं । काठमाडौंमा जारी ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछ । विहान साढे ९ बजे हुने पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौं किंगस् ११ खेल्ने भिड्ने छन् । आजै काठमाडौं दोस्रो जितको खोजीमा हुने छ भने विराटनगर पहिलो जित चाहन्छ ।
अंक तालिकामा २ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा छ । विराटनगर अंकविहीन रहँदै पाँचौं स्थानमा छ ।
दिउँसो साढे १ बजे हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगरर्स खेल्ने छन् ।
चितवन २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । भैरहवा एक अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
हिजो भएको खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई हराएको थियो भने भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले अङक बाँडेका थिए ।
सम्बन्धित
प्रतिक्रिया