बिहीबार, जेठ २, २०८२

ईपीएल क्रिकेट : पहिलो खेलमा पोखरा राइनोज विजयी

नेपालखोज २०७८ असोज १३ गते १३:५७

काठमाडौं । मैदानमा पानी जमेपछि सात ओभरमा झारिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोज विजयी भएको छ ।

खेलमा ललितपुर प्याट्रियट्सले दिएको ५१ रनको पूरा गर्दै पोखरा ९ विकेटले विजयी भएको हो । उसले तीन बल बाँकी छँदै एक विकेट गुमाएर ५५ रन बनायो । जितसँगै पोखरा तीन अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

पोखराको जितमा साउथ अफ्रिकाका विस्फोटक ब्याट्सम्यान रिचार्ड लेभीले नटआउट सर्वाधिक ३८ रन बनाउँदा रित गौतम १२ रनमा पेभेलियन फर्किए ।

बलिङतर्फ ललितपुरका लागि अफगानिस्तानका अलराउन्डर अजमत्उल्लाह ओमारजाइले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा तानिएको ललितपुरले पूरै सात ओभरमा ६ विकेट गुमाएर ५१ रन जोडेको थियो ।

यसअघि आइतबार भैरहवा ग्लाडियटर्ससँग भएको खेल पानीका कारण रद्द भएपछि पोखराले अंक बाँडेको थियो । डिफेन्डिङ च्याम्पियन ललितपुर भने दुवै खेलमा हार बेहोर्दै अंक तालिकाको पुच्छारमा छ ।

प्रतिक्रिया