बिहीबार, जेठ २, २०८२

आखुखोला जलविद्युत आयोजनाको निर्माण व्यवसायी सुमार्गीले गर्ने

नेपालखोज २०७८ असोज १३ गते २१:१६

काठमाडौं । ३८ मेगावाटको आखुखोला जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । व्यवसायी अजेयराज सुमार्गीले जलविद्युत आयोजना निर्माण गर्ने भएका हुन्। सुमार्गीले करिब साढे ७ अर्ब रूपैयाँ अनुमानित लगानीको आँखुखोला जलविद्युतमा लगानी अघि बढाएका हुन्।

वाग्मति प्रदेशको धादिङ जिल्लामा पर्ने रूबी भ्याली र खनियाबास गाँउपालिकामा निर्माण गर्न थालिएको आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ।सिटिजन इन्टरनेशनल बैंकको अगुवाइमा ५ बैंक र प्रवर्द्धक कम्पनी आँखुखोला हाइड्रो प्रालिबिच मंगलबार सम्झौता भएको हो।

सम्झौतामा प्रवर्द्धक आँखुखोला हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष अजेयराज सुमार्गीले र बैँकहरूका तर्फबाट सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलका साथै सिभिल बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक र मेगा बैंक लिमिटेडका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

मुक्ति श्री कम्पनीको ९५ प्रतिशत स्वामित्व रहेको आँखुखोला हाइड्रो पावर कम्पनीका अध्यक्ष सुमार्गीले ग्यास तथा पेट्रोलियम पदार्थका कारण देशले ठूलो व्यापार घाटा बेहोरिरहेको र त्यसलाई प्रतिस्थापन गर्न जलविद्युतमा लगानी गर्न आवश्यक भएकाले आफू जलविद्युत आयोजना निर्माणतर्फ अघि बढेको बताए ।

आफूले लामो समयदेखि जलविद्युत क्षेत्रमा लगानी गर्न चाहेको भएपनि लाइसेन्स लिने प्रक्रिया र अन्य अध्ययनका कारण केही ढिलाइ भएको उनले बताए।

प्रतिक्रिया