सुनचाँदीको मूल्य घट्यो, आजको भाउ कति ?
नेपालखोज
२०७८ असोज १४ गते १०:४९

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य घटेको छ । छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ८८ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २०० ले नै घटेको छ । आज तेजावी सुन ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि आज घटेकाे छ । चाँदी आज तोलाको ३५ रूपैयाँले घटेर १ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया