सुनचाँदीकै मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ असोज १५ गते १०:५४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ८८ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ९०० ले नै बढेको छ ।
आज तेजावी सुन ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलाको २० रुपैयाँले बढेर १ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया