आईपीएल : चेन्नई सुपर किङ्स प्ले अफ् मा प्रवेश
नेपालखोज
२०७८ असोज १५ गते १२:०१

काठमाडौं । सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको प्ले अफ्मा प्रवेश गरेको छ ।
शारजहाँ क्रिकेट मैदानमा हैदरावादले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा ग¥यो ।
जितसँगै चेन्नईले ११ खेलमा १८ अंक जोड्यो । चेन्नई तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित टोली हैदरावादको भने अघिल्लो चरण प्रवेशको सम्भावना समापत भईसकेको छ । उसको ११ खेलबाट ४ अंक मात्रै छ ।
सम्बन्धित
प्रतिक्रिया