ईपीएल क्रिकेट : काठमाडौं र भैरहवाबीचको खेल स्थगित
नेपालखोज
२०७८ असोज १६ गते १३:२३

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाडांै किंग्स इलाभेन र भैरहवा ग्लाडियटर्सबीचको खेल स्थागित भएको छ ।
बिहान साढे ९ बजेका लागि तय गरिएको खेल दिउँसो १२ बजेसम्म पनि सुरु हुन नसकेपछि स्थगित गरिएको हो ।
कीर्तिपुर मैदान ओसिलो भएकाले खेल हुन नसकेको बताइएको छ । भैरहवा तीन खेलमा एकमा जित र दुई वटामा अंक बाँडेर चार अंकका साथ दोस्रो स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोज खेल्दैछन् । खेल दिउँसो साढे १ बजे कीर्तिपुर मैदानमा सुरु हुँदैछ ।
सम्बन्धित
प्रतिक्रिया