एनभीए भलिबल : एपीएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
नेपालखोज
२०७८ असोज १६ गते १८:०२

काठमाडौं । न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमन्ड च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पहिलो सेट गुमाएको न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गरेको थियो । एपीएफले पहिलो सेटमा न्यु डायमन्डलाई २६-२४ ले हराएको थियो । तर, त्यसपछिको सेटमा न्यु डायमन्डले एपीएफमाथि २५-२१, २५-१७ र २५-१५ को जित निकाल्यो ।
उपाधिसँगै न्यु डायमन्डले ४ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाखमा चित्त बुझाउनु पर्यो । तेस्रो भएको त्रिभुवन आर्मीले १ लाख प्राप्त गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया