सुनचाँदीकै मूल्य बढ्यो !
नेपालखोज
२०७८ असोज १७ गते १०:५६

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ८९ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २०० ले नै बढेको छ ।
आज तेजावी सुन ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलाको २० रुपैयाँले बढेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया