साफ च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग खेल्दै

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल आज श्रीलंकासँग खेल्दैछ ।
यो खेल माल्दिभ्सको मालेस्थित नेशनल फुटबल स्टेडियममा नेपाली समयअनुसार आज राति ९ः४५ बजे हुनेछ ।
यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको थियो ।
नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्धको खेल बिर्सेर श्रीलंकाविरुद्ध खेल्नुपर्ने बताए । श्रीलंकाविरुद्धको खेल पहिलो र फाइनल जस्तै हो । उनले आइतबार प्रिम्याच कन्फ्रेन्समा भनेका थिए ।
नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् ।
नेपालले श्रीलंकासँग पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु कपमा खेलेको थियो । विमल घर्ती मगरको गोलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो ।
आजै भारतले आफ्नो पहिलो खेल खेल्दैछ । भारत र बंगलादेशबीच खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया