पूर्व फिफा रेफ्री लव खत्रीको लडेर निधन
नेपालखोज
२०७८ असोज १८ गते १३:०८

काठमाडौं । बाथरुममा लडेर पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ ।
आज विहान लडेर टाउकोमा गम्भीर चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो । अस्पताल लगैलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
५० वर्षीय खत्री आज विहान मर्निङवाकबाट फर्केपछि बाथरुम गएका बेला लडेर अचेत भएका थिए । उनले ए डिभिजन क्लब थ्रीस्टार, फ्रेन्ड्स र जावलाखेलबाट पनि फुटबल खेलेका थिए भने २०१८ मा उमेरहदका कारण फिफा रेफ्री छाडेका थिए । खत्रीका श्रीमती र एक जना छोरा छन् ।
सम्बन्धित
प्रतिक्रिया