बिहीबार, जेठ २, २०८२

श्रीलंकालाई ३-२ गोलले हराउँदै नेपाल शीर्ष स्थानमा

नेपालखोज २०७८ असोज १९ गते ६:५३

साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

माल्दिभ्समा सोमबार (हिजो) राति भएको खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो।

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे। श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए।

जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो ।श्रीलंकाको यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया