शुक्रबार, जेठ ३, २०८२

सुनको मूल्य ५ सयले बढ्याे, आजको भाउ कति ?

नेपालखोज २०७८ असोज २१ गते १०:५९

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार ) सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ८९ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५०० ले नै बढेकाे छ । आज तेजावी सुन ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि आज बढेकाे छ । चाँदी आज तोलाको १० रूपैयाँले बढेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय ६० रूपैयाँमा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया