शुक्रबार, जेठ ३, २०८२

आईपीएलः चेन्नई फाइनलमा प्रवेश

नेपालखोज २०७८ असोज २५ गते ९:४५

काठमाडौं । आईपीएलमा दिल्ली क्यापिटललाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ । आइतबार राति दुबई अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा चेन्नईले दिल्लीलाई चार विकेटले हराएको हो ।

अब चेन्नईले फाइनल खेल्नेछ । यता दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ ।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले पुरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

यता १७३ रनको लक्ष्यका साथे मैदान पसेको चेन्नईले दुई बल बाँकी रहँदै छ विकेट गुमाएर लक्ष्य पुरा गरेपछि उसले फाइनलमा स्थान बनाएको हो ।

खेलमा दिल्लीका पृथ्वी श ले सर्वाधिक ६० रन बनाए भने चेन्नईका रितुराज गायक्वडले ७० रन जोडे। चेन्नईकै रविन उथप्पाले पनि ६३ रनको योगदान दिए ।

प्रतिक्रिया