बिहीबार, जेठ २, २०८२

साफ : पहिलो हाफमा नेपाल र भारतको बराबरी

नेपालखोज २०७८ असोज ३० गते २२:००

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा पहिलो हाफ गोलरहित बराबरी भएको छ । उपाधीका लागि यतिबेला नेपाल र भारतबीच खेल भइरहेको छ ।

सुरुदेखि नै आक्रामक देखिएको खेलमा भारतले नेपालको पोस्टमा गरेको एक प्रहारलाई नेपालका किपर किरण चेम्जोंगले उत्कृष्ट बचाउ गरेका छन् । दुबैतर्फबाट गोलको प्रयास भए पनि बल गोल पोस्टमा छिराउन सकेनन् ।

नेपालका किपर किरणको मसलमा समस्या आएपछि केही समय खेल रोकिएको थियो । खेलमा वर्षा भइरहेकको छ । भारतका एक खेलाडीले पहेँलो कार्ड पाएका छन् ।

माल्दिभ्समा जारी प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंका सहभागी थिए । लिग चरणमा नेपालले दुई जित, एक बराबरी र एक हार बेहोरेको थियो । नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको यिथो भने भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया