शुक्रबार, जेठ ३, २०८२

आइएमई जनरल इन्स्योरेन्स एसियाज बेस्ट इम्प्लोएर अवार्डबाट सम्मानित

नेपालखोज २०७८ असोज ३१ गते १६:०२

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड एशियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१ बाट सम्मानित भएको छ । ७ अक्टोवर २०२१ मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वल्र्ड एचआरडी कंग्रेसले एशियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१ बाट सम्मानित गरेको कम्पनीले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा जुम माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले इम्प्लोई ब्राण्डिङ इन्सिच्युट, वल्र्ड एचआरडी कंग्रेस र अन्य रणनीतिक साझेदारहरुलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आआफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण ग्राहकवर्गहरु, सेयरधनीमहानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगतलगायत सबैमा कृतज्ञतासहित हार्दिक धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया