चौबीस घण्टामा १ हजार ९६ संक्रमित थपिए, १२ जनाको मृत्यु
नेपालखोज
२०७८ कार्तिक २ गते १७:०५

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १४० जनाको पीसीआर परीक्षणबाट ९५७ र १ हजार ७७६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १३९ जना गरी जम्मा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार८१५ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया