चौबीस घण्टामा ५५७ संक्रमित थपिए, ८७७ जना डिस्चार्ज
नेपालखोज
२०७८ कार्तिक ७ गते १६:५८

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ८७७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६१ जनाको पीसीआर परीक्षणबाट ५२२ र १ हजार ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३५ जना गरी जम्मा ५५७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार २०१ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया