शनिबार, जेठ ४, २०८२

भिटामिन ’ए’ र जुकाको औषधि आज पनि खुवाइँदै

नेपालखोज २०७८ कार्तिक ८ गते ८:०८

काठमाडौं । भिटामिन ’ए’ क्याप्सुल र जुकाको औषधि आज पनि बालबालिकालाई खुवाइँदै छ । हिजो खुवाउन छुटेका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई आज खुवाउन लागिएको हो ।

पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ’ए’, जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

देशभरका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन ’ए’ र २३ लाख ६० हजारभन्दा धेरैलाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया