भारतमा दैनिक संक्रमितको संख्या घट्न थाल्याे

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या फेरि घटेको छ । सरकारी अधिकारीहरुले पछिल्लो चाैबीस घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ संक्रमित भएको सोमबार जानकारी दिएका छन् ।
यसअघि झन्डै २० हजारको हाराहारीमा दैनिक संक्रमित हुने गरेकोमा अहिले १४ हजार भएकाले घटेको देखिएको हो । भारतमा अहिले एक लाख ६७ हजार ६९५ जना सक्रिय संक्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सङ्ख्या २३९ दिनपछिकै सवैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कुल संक्रमितहरुको संख्याको ०.४९ प्रतिशत मात्रै हो ।
त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको मात्र पनि महामारी फैलिएपछिकै सवैभन्दा धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ९८.१८ प्रतिशत संक्रमित संक्रमणमुक्त भएका छन् । रासस/एएनआई
प्रतिक्रिया