शुक्रबार, जेठ ३, २०८२

ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिगकाे नकआउटमा प्रवेश

नेपालखोज २०७८ कार्तिक ८ गते १९:२२

काठमाडाैं । कालिका नगरमापलिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा कालिका नगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर नकआउट चरणमा पुगेको हो । निकै रोमाञ्चक बनेको खेलमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी थिइन् ।

तर निशा थोकरले गोल गर्दै कालिकालाई खेलमा फर्काउँदै नतिजा बराबरीको अवस्थामा लगेको थिइन् । त्यसपछिको बाँकी समयमा दुवै टोलीले गोलका लागि राम्रा अवसर सिर्जजन गरे पनि सफल हुन सकेनन र अंक बाँडे ।

यस बराबरीसँगै समूह बी को ललितपुरले २ खेलमा ४ अंक जोड्यो । र, समूहको विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको हो । कालिकाले समेत २ खेलमा ४ अंक जोड्यो । तर, कालिका उपविजेतामा सिमित भयो । सुरुवाती गोलको कारण ललितपुरले दोस्रो चरणको यात्रा तय गरेको हो ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

प्रतिक्रिया