शनिबार, जेठ ४, २०८२

सुनको मूल्यमा २ सयले वृद्धि , चाँदी स्थिर

नेपालखोज २०७८ कार्तिक ९ गते ११:५३

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य २ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९२ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ ।

आज तेजावी सुन ३ सय रूपैयाँले नै बढेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी साेही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया