शनिबार, जेठ ४, २०८२

एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउन छुट्ला है !

नेपालखोज २०७८ कार्तिक ९ गते १३:४२


काठमाडौं‌‌ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौं‌‌ले आजदेखि कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन थालेको छ । साउनदेखि असोज महिनासम्म एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई आजदेखि ३ दिनसम्म दोस्रो मात्राको खोप लगाउन थालिएको कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए ।

एस्ट्राजेनेका खोप लगाएका व्यक्तिलाई कोभिसिल्ड लगाउन थालिएको हो । एस्ट्राजेनिका र कोभिसिल्ड एउटै फर्मुलाबाट बनेको खोप हुन् । उनका अनुसार काठमाडौं‌‌ जिल्लाका सबै स्थानीय तहका वडा कार्यालयबाट खोप लगाउन थालिएको हो ।

काठमाडौं महानगरपालिकाको वडा बाहेक परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट पनि खोप लगाइने छ । करिब ८६ हजार १४२ जनालाई यसचरणमा खोप प्रदान गर्न थालिएको हो । –रासस

प्रतिक्रिया