आज ७८ दशमलव ८२ अंकले बढ्यो नेप्से, ६ अर्ब ३१ करोडको सेयर किनबेच

काठमाडौ । नेप्सेको लगातारको उच्च वृद्धिले साताको तेस्रो कारोबार दिन आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ८७ दशमलव ६३ अंकले बढेको नेप्से आज पनि ७८ दशमलव ८२ अंकले बढेर २७ सय ५१ दशमलव सात अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव पाँच अंकले बढेर पाँच सय १६ दशमलव सात अंकमा पुगेको छ ।
दुई सय २७ वटा कम्पनीहरुको ७२ हजार नौ सय ७३ पटकको कारोबारमा एक करोड १४ लाख ८६ हजार एक सय २३ कित्ता सेयर खरिद विक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ३१ करोड ८३ लाख ४० हजार नौ सय ३२ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समूहहरुको कारोबार भएकोमा सबै समूहहरुको सूचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । सो मध्ये वाणिज्य बैंक समूहकको सूचक ४५ दशमलव एक अंकले बढेर १८ सय ८८ दशमलव २९ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि एक सय २३ दशमलव ५९ अंकले बढेर २९ सय ७७ दशमलव ६९ अंकमा चढेको छ ।
निर्जिवन बीमा समूहको सूचक पनि तीन सय १७ दशमलव ५३ अंकले बढेर १२ हजार तीन सय सात दशमलव २९ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि चार सय ९९ दशमलव ९८ अंकले बढेर १५ हजार चार सय ५१ दशमलव ५९ अंकमा चढेको छ । यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज माउन्टेन हाईड्रो नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ४० रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुंदा साना किसान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने दुई प्रतिशतले घटेर १७ सय १५ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज कामना सेवा विकास बैंकको प्रतिकित्ता सात सय १९ रुपैयाँ अन्तिम मूल्यमा ४४ करोड ७४ लाख ५७ हजार सात सय ४६ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार मध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया