ताप्लेजुङमा कोरोना संक्रमणदर शून्य
नेपालखोज
२०७८ कार्तिक १० गते ११:४९

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना भाइरस संक्रमणमुक्त भएको छ । पछिल्लो पटक संक्रमितभइ होम आइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका ५ जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका संक्रमणमुक्त भइसकेका थिए । कोभिड–१९ को दोस्रो चरण सुरुवात भएपछि जिल्लामा २ हजार ५३१ संक्रमित भएका थिए ।
तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६ संक्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ संक्रमित भएका थिए । कोभिड संक्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ ।
पीसीआर विधिबाट २ हजार २८८ र एन्टिजेन मार्फत आठ हजार गरी कुल १० हजार २८८ को परीक्षण गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया