आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज २ खेल
नेपालखोज
२०७८ कार्तिक १० गते १३:०१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज (बुधबार) दुई खेल हुँदैछन् । पहिला इंग्ल्यान्ड र बंगलादेश बीचको खेल दिउँसो पौने ४ बजे हुनेछ ।
यस्तै आबुधाबीमा आजै हुने अर्को खेल नामिबिया र स्कटल्याण्ड बीच बेलुका पौने ८ बजे हुने छ । पहिलो खेलमा बंगलादेशलाई श्रीलंकाले ५ विकेटले हराएको थियो । इंग्याल्ण्डले वेष्टइण्डिजलाई ६ विकेटले हराएको थियो ।
सम्बन्धित
प्रतिक्रिया