एएफसी यू–२३ एसियन कप : नेपाल र ताजिकिस्तान खेल्दै
नेपालखोज
२०७८ कार्तिक ११ गते १०:१४

काठमाडौं । एएफसी २३ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा आज नेपाल र ताजिकिस्तान खेल्दै छन् । नेपाल आज पहिलो अंकको खोजीमा हुनेछ ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ ।
नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । आज ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो । नेपालले अब आउँदो आइतवार लेबनानसँग खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया