टी–२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटल हराएको छ ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानलाई हराउँदै पाकिस्तानले जारी विश्वकपमा लगातार तेस्रो जित निकालेको हो ।
टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ६ बल बाँकी छँदा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
सुरुवाती ब्याटिङमा उत्रिएको अफगानिस्तानका लागि मोहम्मद नाबी र गुल्बादिन नाइबले ३५÷३५ रन बनाउँदा नजिबुल्लाह जर्दानले २२, करिम जनतले १५ तथा रहमानुल्लाह गुर्बाज र अस्घर अफगानले समान १०÷१० रन जोडे ।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५१ रन बनाउँदा फखर जमनले ३०, असिफ अलीले २५, सोयब मलिकले १९ र मोहम्मद हाफिजले १० रन जोडे ।
अफगानिस्तानका रासिद खानले २ तथा मुजीब उर रहमान, मोहम्मद नाबी र नविन उल हकले समान १÷१ विकेट लिए ।
प्रतिक्रिया